गगन थापाकै नेतृत्वमा सरकार बन्छ : विश्वप्रकाश शर्मा
झापा । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन् ।
झापाको दमकमा आयोजित कार्यक्रममा उनले निर्वाचन परिणाममा पहिलो शक्ति बनेकाले काँग्रेसकै नेतृत्वमा सरकार बन्ने बताए । तर अब प्रधानमन्त्रीमा पार्टी सभापति शेरबहादुर देउवाले विकल्प दिनुपर्ने उनको भनाइ छ ।
पार्र्टीका अर्का महामन्त्री गगन थापालाई संसदीय दलको नेता र प्रधानमन्त्रीमा प्रस्ताव गर्ने आफ्नो योजना रहेको र त्यसमा प्रतिबद्ध रहेको उनले स्पष्ट पारे ।
राजनीतिक परिवर्तनको एजेन्डा सकिएकाले अब मुलुकलाई रुपान्तरण गरेर अघि बढ्नुपर्ने नेता शर्माको धारणा छ ।
झापा १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित शर्मा केही दिनदेखि गृहजिल्ला झापामा विभिन्न कार्यक्रममा सहभागी हुँदै आएका छन् ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया