गगन थापाकै नेतृत्वमा सरकार बन्छ : विश्वप्रकाश शर्मा
झापा । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन् ।
झापाको दमकमा आयोजित कार्यक्रममा उनले निर्वाचन परिणाममा पहिलो शक्ति बनेकाले काँग्रेसकै नेतृत्वमा सरकार बन्ने बताए । तर अब प्रधानमन्त्रीमा पार्टी सभापति शेरबहादुर देउवाले विकल्प दिनुपर्ने उनको भनाइ छ ।
पार्र्टीका अर्का महामन्त्री गगन थापालाई संसदीय दलको नेता र प्रधानमन्त्रीमा प्रस्ताव गर्ने आफ्नो योजना रहेको र त्यसमा प्रतिबद्ध रहेको उनले स्पष्ट पारे ।
राजनीतिक परिवर्तनको एजेन्डा सकिएकाले अब मुलुकलाई रुपान्तरण गरेर अघि बढ्नुपर्ने नेता शर्माको धारणा छ ।
झापा १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित शर्मा केही दिनदेखि गृहजिल्ला झापामा विभिन्न कार्यक्रममा सहभागी हुँदै आएका छन् ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया