निर्वाचन खर्च विवरण बुझाउँदै उम्मेदवार
नुवाकोट । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएसँगै निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाउन सुरु गरेका छन् ।
गत वैशाखमा सम्पन्न स्थानीयतहको निर्वाचनका समयसीमाभित्र खर्च विवरण नबुझाएका उम्मेदवारलाई खर्च गर्न पाउने सीमा बराबरको जरिवाना तिर्नुपर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो ।
नुवाकोटमा रहेको दुईवटा प्रतिनिधि सभा र चार प्रदेश सभा क्षेत्रको अन्तिम मत परिणाम एक साता अगाडि सार्वजनिक भएको थियो । लगत्तैै सातजना उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी जयप्रसाद गौतमका अनुसार अन्तिम मतपरिणाम सार्वजनिक भएपछि कार्यालय खुलेको पहिलो दिन सातजना उम्मेदवारले खर्च विवरण बुझाएका छन् ।
हालसम्म २० जना उम्मेदवारले खर्च विवरण वुझाएका छन् भने करिब दुई दर्जनले फाराम लिएर गएका छन् ।
यहि मङ्सिर ४ गते निर्वाचनमा सहभागी भएका उम्मेदवारहरुलाई निर्वाचन खर्च विवरण बुझाउन जिल्ला निर्वाचन कार्यालय नुवाकोटले निर्देशन गरिसकेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया