आयल निगम २७ अर्ब घाटामा, पेट्रोलियम पदार्थको मूल्य नघट्ने
काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने भएको छ । बिहीबार भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि निगमले प्रेस विज्ञप्तिमार्फत मूल्य नघटाउने जनाएको हो ।
विज्ञप्तिमा निगम अहिले पनि २७ अर्ब घाटामा रहेकाले मूल्य घटाउन नसकिने उल्लेख गरेको छ । निगमले विज्ञप्तिमार्फत अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुन: घटबढ हुने क्रममा रहेकाले पेट्रोलियम पदार्थको आपूर्ति सुचारू राख्न र इन्डियन आयल कर्पोरेशनको बाँकी बक्यैता एवं सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनैतीपूर्ण अवस्था रहेकाले मूल्य यथावत राखिएको निगमले जनाएको छ ।
कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार एलपी ग्यासको मूल्य केही बढेको छ भने पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा केही घटेर आएको छ ।
एलपी ग्यासमा प्रतिसिलिण्डर ४३.९३ ले बढेर आएको छ । एलपी ग्यासमा निगमलाई हाल प्रतिसिलिन्डर दुई सय ७७.०२ घाटा भइरहेको छ ।
ग्यास सिलिन्डर बिक्रीबाट मात्र निगमलाई १५ दिनमा ३६ करोड ८५ लाख घाटा हुने देखिएको निगमले जनाएको छ । यद्यपि पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा मूल्य घट्दा पनि यथावत् राख्दा १५ दिनमा करिब ५८ करोड नाफा हुने निगमले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया