प्रदेश राजधानी सार्ने काम रोक्न एमाले रुपन्देहीको माग
बुटवल । लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट सार्ने प्रदेश सरकारको निर्णय तत्काल रोक्न नेकपा एमाले रुपन्देहीले माग गरेको छ ।
एक विज्ञप्ति जारी गर्दै काम चलाउ सरकारले सस्तो लोकप्रियताको लागि मन्त्रालय सार्न गरेको हतारो तत्काल रोक्न भनेको छ ।
राजधानी तोकिएको स्थानमा कुनै भौतिक पुर्वाधार नभएको भन्दै जवरजस्ती लैजान खोज्नु गलत कदम भएको विज्ञप्तीमा उल्लेख गरेको छ ।
त्यस्तै बुटवलबाट हतारमा राजधानी सार्ने काम प्रदेश सरकारको निर्णय र सक्रियता प्रति पनि नेकपा एमाले रुपन्देहीको ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।
तत्कालको लोकप्रियताको लागि उत्त कार्य गरेको भन्दै रुपन्देही एमालेले नयाँ सरकार र संसदको अधिकार क्षेत्रमा हस्तक्षेप नर्गन विज्ञप्तीमा जोडदार माग गरेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया