महिला हिंसा अन्त्यका लागि सबैको सहकार्य जरुरी : मन्त्री खापुङ
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले महिला हिंसा अन्त्यका लागि सरोकारवाला निकाय सबै सहकार्य गर्नुपर्ने बताए ।
आज महिला हिंसाविरुद्धसम्बन्धी आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘चेतनास्तर सहर, गाउँ र समुदायपिच्छे फरक छ । महिला हिंसाको अन्त्यका लागि जनचेतना वृद्धि पहिलो आवश्यकता हो ।’
सीमित स्रोतसाधनका बाबजुत ओसिएमसिले ९४ अस्पतालमार्फत् पीडितलाई सहयता दिँदै आएको उनले बताए । यसलाई अझ धेरै ठाउँमा विस्तार गर्न आवश्यक रहेको उनको भनाइ छ ।
लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियानका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले पनि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
गत आर्थिक वर्षमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) बाट ११ हजार ४६ जनाले स्वास्थ्य उपचार सेवा लिएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयकी नर्सिङ अधिकृत सुनालक्ष्मी कर्माचार्यले देशभरका विभिन्न ६० अस्पतालमा रहेका ओसिएमसीबाट १० हजार चार सय ९१ महिला, पाँच सय २८ पुरुष र २७ जना लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले स्वास्थ्य उपचार सेवा लिएको जानकारी दिइन् । गत आवमा शारीरिक अशक्तताका दुई हजार चार सय ९९ मुद्दामा ओसिएमसीले स्वास्थ्य सहायता उपलब्ध गराएको हो ।
कर्माचार्यका अनुसार केन्द्रमा सेवा लिन आउनेमा घरेलु हिंसाका पीडितको संख्या बढी छ । ‘गत आर्थिक वर्षमा सेवा लिने पीडितमा घरेलु हिंसाका पीडित धेरै हुनुहुन्छ । नाताभित्रबाट हिंसा बढी भएको देखिएको छ । त्यसमा पनि शारीरिक यातनाका घटना धेरै छन्,’ उनले भनिन् ।
ओसिएमसीबाट सहायता लिने पीडितमा सबैभन्दा धेरै छ सय ५१ वटा सामाजिक हिंसाका पीडित छन् । त्यसबाहेक बालविवाहसम्बन्धी तीन सय १८, बहुविवाहसम्बन्धी एक सय ३९, बालश्रमसम्बन्धी एक सय ८१ घटना छन् । साथै, दाइजोसम्बन्धी एक सय २२, बोक्सीको आरोपसम्बन्धी ४५, छाउपडीका एक सय ६५ र मानव बेचबिखनसम्बन्धी ६१ वटा घटना छ । यसबाहेक अन्य कारणले एक हजार ८० हिंसा भएको मन्त्रालयको भनाइ छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया