NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ७ गते

मेलम्चीका आगलागी पीडितलाई आर्थिक सहयोग

सिन्धुपाल्चोक । मेलम्ची–११ का आगलागी पीडितलाई आर्थिक सहयोग गरिएको छ । मेलम्ची बजारका व्यवसायी तथा संस्थाबाट संकलन गरिएको चार लाख ३२ हजार ९५ रकम आइतबार उनीहरुलाई हस्तान्तरण गरिएको हो ।

गत कात्तिक ७ गते आगलागीबाट एकघरमा रहेको चार पसल, होटल, बेकरी तथा घरमा गरी करोडौँको क्षति भएको थियो । यसपछि विभिन्न समाजसेवी, राजनीतिक दल र बजारका अगुवाका नेतृत्वमा राहत संकलन अभियान सञ्चालन गरेर सो रकम जम्मा गरिएको थियो ।

संकलित रकम घरधनी दीपक दुलाललाई एक लाख, न्यु मेलम्ची सप्लायर्सका हरिशरण श्रेष्ठलाई दुई लाख १२ हजार, विजी बेकरीका प्रवीण देउजालाई ७० हजार र होटल व्यवसायी रीना गौतमलाई ५० हजार वितरण गरिएको अभियानका अगुवा सागर श्रेष्ठले जानकारी दिए ।

यसअघि मेलम्ची ब्याडमिन्टन एकेडेमीका सदस्यबाट संकलित ७० हजार र मेलम्ची नगर उद्योग वाणिज्य संघले पनि ७४ हजार प्रभावितलाई सहयोग गरेको थियो ।