पुलबाट ट्रक खस्यो, एक जनाको मृत्यु
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो ।
दुर्घटनामा ट्रक चालक धादिङ घर भई मौवा खोला बस्ने सन्तबहादुर राईको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुनदीप तामाङले जानकारी दिए । उनले मृतकको आफन्त आइसकेपछि शवको परीक्षण गर्न भरतपुर अस्पताल पठाइने बताए ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया