निः शुल्क शल्यक्रियासहितको आँखा शिविर सुरु
ताप्लेजुङ । ताप्लेजुङमा मङ्गलबारदेखि निःशुल्क शल्यक्रियासहितको तीनदिने आँखा शिविर सुरु भएको छ । नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ शाखा र काठमाडौंस्थित सेवा फाउन्डेसनको आयोजनामा उक्त शिविर सञ्चालन गरिएको हो ।
सदरमुकाम फुङ्लिङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा आयोजित शिविरमा छिमेकी जिल्ला पाँचथर, तेह्रथुमलगायत क्षेत्रका सयौँ आँखाका बिरामी सेवा लिन आएका छन् ।
बिहीबारसम्म सञ्चालन हुने शिविरमा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिनाका साथै चस्मा र नाम दर्तामा न्यूनतम शुल्क लाग्ने केन्द्रका इन्चार्ज काजी गुरुङले जानकारी दिए ।
शिविरमा मेची आँखा अस्पतालले प्राविधिक सहयोग गरेको छ भने लायन्स क्लब अफ काठमाडौंले निःशुल्क औषधि उपलब्ध गराएको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया