निः शुल्क शल्यक्रियासहितको आँखा शिविर सुरु

ताप्लेजुङ । ताप्लेजुङमा मङ्गलबारदेखि निःशुल्क शल्यक्रियासहितको तीनदिने आँखा शिविर सुरु भएको छ । नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ शाखा र काठमाडौंस्थित सेवा फाउन्डेसनको आयोजनामा उक्त शिविर सञ्चालन गरिएको हो ।
सदरमुकाम फुङ्लिङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा आयोजित शिविरमा छिमेकी जिल्ला पाँचथर, तेह्रथुमलगायत क्षेत्रका सयौँ आँखाका बिरामी सेवा लिन आएका छन् ।
बिहीबारसम्म सञ्चालन हुने शिविरमा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिनाका साथै चस्मा र नाम दर्तामा न्यूनतम शुल्क लाग्ने केन्द्रका इन्चार्ज काजी गुरुङले जानकारी दिए ।
शिविरमा मेची आँखा अस्पतालले प्राविधिक सहयोग गरेको छ भने लायन्स क्लब अफ काठमाडौंले निःशुल्क औषधि उपलब्ध गराएको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया