इरानमा विदेशी नेतृत्वको ‘सबोटेज नेटवर्क’ का १२ सदस्य पक्राउ
तेहरान। इरानको मध्य इरानी प्रान्त मर्काजीमा विदेशबाट नेतृत्व गरेको ‘सबोटेज नेटवर्क’ का १२ सदस्यलाई पक्राउ गरिएको इस्लामिक रिभोलुसन गार्ड्स कोर (आईआरजीसी) ले मङ्गलबार जनाएको छ।
गुप्तचरले उनीहरूसँग अवैध हतियार भएको र प्रान्तमा तोडफोड गर्ने कार्यू गर्ने योजना बनाएको सूचना पाएपछि उनीहरूलाई पक्राउ गरिएको अर्ध(सरकारी तस्निम समाचार एजेन्सीले आईआरजीसीको जनसम्पर्क कार्यालयको विज्ञप्ति उद्धृत गर्दै उल्लेख गरेको छ।
गुप्तचर संस्थाले जर्मनी र नेदरल्याण्डमा आधारित प्रतिक्रान्तिकारी तत्त्वहरूू को नेतृत्वमा रहेका यी मानिसहरूलाई तोडफोड र हुलहुज्जतमा संलग्न हुनु अगाडि नै पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेकाहरूले राष्ट्रिय सुरक्षा विरुद्धको गतिविधि पनि गरेको पाइएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया