विश्वकप फुटबल : पोर्चुगल क्वार्टरफाइनलमा
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
कतारको लुसइल रङ्शालामा आज भएको प्रि-क्वार्टरफाइनलको अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई ६-१ गोलअन्तरले पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
पोर्चुगलका लागि गोन्कालो रामोसले ह्याट्रिक गरे । उनले खेलको १७औँ, ५१औँ र ६७औँ मिनेटमा गोल गरे । त्यसैगरी खेलको ३३औँ मिनेटमा पेपे, ५५औँ मिनेटमा राफेल गुरेरियो र राफेल लियोले खेलको अतिरिक्त समयमा गोल गरेका थिए ।
स्वीट्जरल्याण्डका लागि ५८औंँ मिनेटमा म्यानुअल अकाञ्जीले एक मात्रै गोल फर्काएका थिए । अन्तिम आठमा पुगेको पोर्चुगलले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।
ताजा अपडेट
-
काठमाडौं महानगरपालिकले लोक सेवाको तयारी कक्षा निशुल्क चलाउने
-
‘विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति हुनुपर्छ’
-
प्रेस स्वतन्त्रता उल्लघंनका घटना सम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक
-
परीक्षा दिएर आँउदै गरेकी विद्यार्थीमाथि आक्रमण
-
एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
प्रतिक्रिया