पुल बगाएपछि स्थानीयलाई सास्ती
बर्दिया । बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जब्दिघाट पुल बाढीले बगाएपछि आवतजावतका लागि दुई पालिकाका स्थानीयवासीलाई सास्ती भएको छ ।
बाढीले क्षतिग्रस्त बनाएको पाँच वर्ष बित्दा पनि पुल पुनःनिर्माण नहुँदा वर्षौदेखि सास्ती बेहोर्दै आएको बारबर्दिया नगरपालिका– ११ का रामगोपाल थारुले बताए ।
तरकारी फल्ने र बिक्री हुने यो मुख्य मौसममा मुख्य बजार नजिकै हुँदा पनि बजारसम्म तरकारी पु¥याउने पुल नहुँदा समस्या भएकाे छ । अधिकांश गाउँमा हरियो तरकारी बारीमा लटरम्म फलेका छन् ।
तरकारी बिक्री हुने मुख्य गुलरीयाहाट बजार हो । तर त्यहाँ जाने बाटो छैन । भनेको बेला डुङ्गा पाइदैन । काँक्रो, फर्सी, बन्दा, काउली लगायतको तरकारी टिपेर खेतमै थुपार्नु परेको बारबर्दिया–४ का किसान फक्लबहादुर सत्गौलाले बताए ।
रु १६ करोड ६८ लाख चार हजारमा बनेको पुल विसं २०७४ साउनको अन्तिम साता बबई नदीमा आएको बाढीले क्षतिग्रस्त जब्दिघाट पुल हस्तान्तरण नहुँदै भासिएको थियो ।
पछिल्लो समय उक्त पुल निर्माण गर्ने कम्पनीसँग क्षतिपूर्ति असूल गरी जब्दिघाटमा नयाँ पुल निर्माण गर्न मङ्सिरभित्रै बोलपत्र खोलिने बर्दिया क्षेत्र नं १ का नवनिर्वाचित सांसद सञ्जयकुमार गौतमले बताए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया