चीनमा ४१ करोड सवारी साधन र ५० करोड चालक सूचीकृत
बेइजिङ । चीनमा सन् २०२२ को नोभेम्बरको अन्त्यसम्ममा करिब ४१ करोड ५० लाख सवारी साधन र ५० करोडभन्दा बढी सवारी चालक सूचीकृत भएका छन् ।
सवारी साधन र चालक दुवैको संख्या विश्वैमा पहिलो स्थानमा रहेको सार्वजनिक सुरक्षा मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।
पछिल्ला वर्षहरूमा चीनको अटोमोबाइल स्वामित्व वार्षिक रूपमा दुई करोडभन्दा बढीले बढेर नोभेम्बरको अन्त्यमा कुल संख्या ३.१८ करोड पुगेको एमपीएसले बताएको छ।
सन् २०१४ देखि चिनियाँ लाइसेन्स प्राप्त चालकहरूले औसत वार्षिक दुई करोड ५० लाखको संख्यामा बढ्दो छ । हाल दुई चिनियाँ वयस्क मध्ये एकसँग ड्राइभिङ लाइसेन्स छ ।
त्यसैगरी २५ वर्ष मुनिका चालकहरूको संख्या पाँच करोडभन्दा बढी छ जुन कुल जनसङ्ख्याको १०.९ प्रतिशत हो। चीनको ग्रामीण भेगमा हालैका वर्षहरूमा लाइसेन्स प्राप्त चालकहरूको संख्या तीव्र गतिमा बढेको छ । वार्षिक रूपमा एक करोड ३० लाखभन्दा बढीको वृद्धि भएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया