बिहे भोजमा प्रयोग भएको पानीमा हैजा फैलाउने जीवाणु भेटियो
पाल्पा । पाल्पाको बगनासकालीमा बिहे भोजमा प्रयोग भएको पानी दूषित रहेको प्रयोगशालाबाट पुष्टि भएको छ ।
बिहेको भोजमा प्रयोग भएको एउटा ड्रमको पानीमा हैजा फैलाउने जीवाणु कोलिफर्म भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले बताएको छ । बिहेको भोजमा दुई वटा ड्रमको पानी प्रयोग भएको थियो ।
त्यसमध्य एउटामा कोलिफर्म जीवाणु भेटिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रयोगशाला प्राविधिक मधुसुधन भट्टराइले बताए । उनका अनुसार दुई वटा ड्रमको पानी परीक्षण गर्दा एउटा ड्रमको पानीमा कोलिफर्म जीवाणु भेटिएको हो ।
ड्रमकै पानीमा फोहोर भेटिएको र परीक्षणमा कोलिफर्म भेटिएको उनले बताए । कोलिफर्म पानीको मूलमा नै रहेको हो वा ड्रममा मात्र हो भन्ने एकिन भइनसकेको उनको भनाइ छ ।
मङ्सिर १७ गते बगनासकाली–१, चिर्तुङ्धारास्थित घोरबन्दामा बिहेभोज खाएका पाल्पा र प्यूठानका २ सय जनाभन्दा बढी बिरामी भएका थिए ।
बिहेको भोज खाएपछि पेट दुख्ने, बान्ता आउने, पखाला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने भएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया