विश्वकप फुटबल : ब्राजिल स्तब्ध, अर्जेन्टिना सेमिफाइनलमा
काठमाडौं । कतारमा जारी विश्वकप फुटबल २०२२ को ब्राजिलको यात्रा टुंगिएको छ । अर्जेन्टिना भने अन्तिम चारमा स्थान सुरक्षित गर्दै सेमिफाइनलमा पुगेको छ ।
गएराति सम्पन्न खेलमा ब्राजिल क्रोयोसियासँग पराजित भएको हो । निर्धारित र इन्जुरी टाइममा खेल बराबरीमा टुंगिएपछि अतिरिक्त समयमा पुगेको थियो । जसमा दुवै टिमले १–१ गोल खेलेपछि ट्राइबेकरमा प्रवेश गरेकोमा ब्राजिल स्तब्ध बन्यो ।
योसँगै ब्राजिलको कतार विश्वकप यात्रा टंगिएको छ भने क्रोयोसिया सेमिफाइनलमा प्रवेश गरेको छ ।
विश्वकपको क्वाटरफाइनलअन्तर्गत भएको अर्को खेलमा नेदरल्याण्डस्लाई पराजित गर्दै अर्जेन्टिनाले अन्तिम चारमा आफनो स्थान सुरक्षित गरेको छ ।
खेलको ३५ औं मिनेटमा अर्जेन्टिनाका लागि नहुएल मोनिलाले गोल गर्दै अग्रता दिलाएका थिए भने ७३ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दैअग्रता दोब्बर बनाए । तर नेदरल्याण्डस्का लागि वोउट वेग्होरस्टले खेलको ८३औं र इञ्जुरी समयमा गोल गर्दै खेल बराबरीमा ल्याएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।
त्यसपछि दुवै टोलीबाट गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
टाइब्रेकरमा अर्जेन्टिनाले खेल ४–३ गोल अन्तरले विजयी भयो ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया