मानवअधिकार पुरस्कार श्रेष्ठ र मानव सेवा आश्रमलाई
काठमाडौं । सरकारले यस वर्षको मानवअधिकार पुरस्कार–२०७९ बाट व्यक्तितर्फ मानवअधिकारकर्मी प्रा डा कपिलमान श्रेष्ठ र संस्थातर्फ मानव सेवा आश्रमलाई दिने भएको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले लामो समयदेखि मानवअधिकारका विभिन्न विधामा अध्ययन, अनुसन्धान, अध्यापन, लेख रचनाको प्रकाशन, प्रवद्र्धन पैरवी, संरक्षण र सम्मानसम्बन्धी कार्यमा निरन्तररूपमा पु¥याएको योगदानको लागि मानवअधिकार पुरस्कार प्रा डा श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।
त्यसैगरी, संस्थातर्फ मानव सेवा आश्रम, (काठमाडौं) लाई सडकपेटी तथा अन्य सार्वजनिकस्थलमा परित्यक्त, असहाय, असमर्थ, बेवारिस रूपमा रही अत्यन्तै कष्टपूर्णरुपमा जीवनयापन गरिरहेका व्यक्तिको उद्धार, उपचार, परामर्श, लालनपालन, संरक्षण र त्यस्ता व्यक्तिको शवको सद्गत वा व्यवस्थापनलगायतका कार्य गरी मानवअधिकारको संरक्षणमा पु¥याएको योगदानको लागि मानवअधिकार पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
नेपाल सरकारले मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको उपलक्ष्यमा मानवअधिकारको क्षेत्रमा काम गर्ने व्यक्ति र संस्थालाई कदर गर्ने उद्देश्यले मानवअधिकार पुरस्कार अक्षय कोष स्थापना गरी विसं २०७८ देखि मानवअधिकारको सम्मान, संरक्षण र सम्वद्र्धनमा उल्लेखनीय योगदान पु¥याउने एक व्यक्ति र एउटा संस्थालाई पुरस्कृत गर्ने कार्य प्रारम्भ गरेको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया