कार र मोटरसाइकल एक आपसमा ठोक्कदा एक जनाको मृत्यु
पाल्पा । पाल्पामा कार र मोटरसाइकल एक आपसमा ठोक्कदा एक जनाको मृत्यु भएको छ ।
बगनासकाली गाउँपालिका वडा नं–३, आर्यभङ्ज्याङ् नजिकै मोटरसाइकल र कार आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।
रुपन्देहीको ओमसतिया गाउँपालिका–१, बस्ने ३४ वर्षका रामबहादुर गुप्ताको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिद्धार्थ राजमार्ग हुँदै बगनासकाली–३, बाट राम्दीका लागि छुटेको लु २९ प ४३२६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको बा ९ च ९२९९ नम्बरको कार आपसमा ठोक्किएको हो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया