समानुपातिक सांसदहरूको सूची आज रुजु हुँदै
काठमाडाैं । निर्वाचन आयोगले दलहरूले बुझाएको समानुपातिक सांसदको सूची आज दिनभरमा रुजु गर्ने भएको छ ।
समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार सूची नमिलेको भएमा सच्याएर बुझाउन आयोगले आज र भोलि दुई दिनको समय दिने भएको हो । आयोगको तालिका अनुसार दलहरूले राति अवेरसम्म सामानुपातिकतर्फको बन्दसूची बुझाएका थिए ।
दलहरूले बुझाएको नामावलीले आयोगले छानबिन गरेर प्रमाणित भएपछि मात्रै मान्यता पाउँछ । आयोगका अनुुसार नामावलीमा आजैबाट छानबिन सुरु भएको छ । यदि क्लष्टर नमिलेको भए सच्याएर पुनः पेस गर्न दलहरूलाई आजै पत्राचार गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
आयोगका समानुपातिक तर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार दलहरूले यसअघि बुझाएको समानुपातिक उम्मेदवारहरूको बन्दसूचीभित्रैबाट नाम परे/नपरेको र महिला, अल्पसङ्ख्यक तथा पिछडिएका वर्गको प्रतिनिधित्व भए/नभएको छानबिन गरिने छ ।
समानुपातिक सिद्धान्त अनुसार भए/नभएको छानबिन गरी प्रमाणित गर्ने काम सकेर अन्तिम प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरिने बताए । निर्वाचन आयोगका अनुसार २९ मङ्सिरमा राष्ट्रपतिलाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सबै परिणामको प्रतिवेदन बुझाउने तयारी गरिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया