अन्तरपालिका भलिबल प्रतियोगिता आजदेखि

बैतडी । बैतडीमा आजदेखि अन्तरपालिका भलिबल प्रतियोगिता सुरु भएको छ ।
तेजबहादुर चन्द ट्रष्टको आयोजनामा सुरु भएको तेजबहादुर चन्द स्मृति अन्तरपालिका भलिबल प्रतियोगितामा नौ पालिकासहित १० टोलीको सहभागिता रहेको छ ।
ट्रष्टका सचिव विनोदबहादुर चन्दका अनुसार प्रतियोगिताको विजेताले एक लाख २५ हजार र ट्रफी तथा उपविजेताले ७५ हजार पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताका सबै खेल दशरथचन्द खेल मैदान सुन्दरखालीमा खेलाइनेछ ।
प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग पुग्ने सचिव चन्दले बताए । ‘खेलाडी उत्पादन गर्न तथा उनीहरुको क्षमता अभिवृद्धिका लागि बर्सेनि भलिबल प्रतियोगिता आयोजना गर्दैआएका छौँ, उनले भने ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया