रुस-युक्रेन युद्धमा ३७ बालबालिका मारिएः युनिसेफ
काठमाडौं । रुस र युक्रेनबीच भइरहेको युद्धमा अहिलेसम्म ३७ बालबालिका मारिएको युनिसेफले जनाएको छ । दुई साताभन्दा कम समयमा युद्धका कारण ५० बालबालिका घाइते भएको युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले बताए ।
युद्धले १० लाखबढी बालबालिका विस्थापित भएको पनि रसेलले जानकारी दिएका छन् ।
सर्वसाधारण नागरिक र नागरिक पूर्वाधारहरु जस्तैः अस्पताल, खानेपानी, सरसफाई, विद्यालयलगायतका प्रणालीमाथिको आक्रमण अनुचित भएको र यो कार्य तुरुन्तै बन्द गर्नुपर्ने रसेलले विज्ञप्ति जारी गरेर बताएका छन् । उनले थपेका छन्, ‘युक्रेनका बालबालिकालाई शान्ति आवश्यक छ ।’
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया