समानुपातिकको बन्दसूची सार्वजनिक गर्ने आयोगको तयारी
काठमाडाैं । निर्वाचन आयोगले राजनीतिक दलहरूले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिका लागि बुझाएको सांसदहरूको अन्तिम सूची आज सार्वजनिक गर्ने तयारी गरेको छ ।
साँझसम्ममा सूची सार्वजनिक गर्ने तयारी भएको आयोगको भनाइ छ । त्यसअघि दलहरूले बुझाएको बन्दसूची सच्याउन आयोले आज अपराह्न्न ४ बजेसम्मको समय दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
पाँच दलले समानुपातिक प्रणालीतर्फ बन्दसूचीबाट नाम छनोटमा त्रुटि गरेको पाइएको छ ।
आयोगको तथ्याङ्कअनुसार नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टीले नाम छनोटमा त्रुटि गरेका हुन् ।
ती दलले दुई सय २० सदस्यीय प्रदेश सभाको नाम छनोटमा क्लस्टर नमिलाएको, प्राथमिकता क्रम मिचेकोलगायत त्रुटि फेला परेको र सच्याउन पत्राचार गरिएको समानुपातिक निर्वाचनतर्फका प्रवक्ता गुरु वाग्लेले जानकारी दिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया