रेशम चौधरी छुट्ने हल्लाले डिल्लीबजार कारागारमा चहलपहल बढ्यो
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी रिहा हुने हल्लाले उनका समर्थकहरु डिल्लीबजार कारागार पुगेका छन् ।
चौधरीलाई स्वागत गर्न भन्दै कार्यकर्ताहरु झण्डा र फुलमालासहित कारागार अगाडि बसेका हुन्। आइतबार बसेको मन्त्रीपरिषद बैठकले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ संसोधन गर्ने निर्णय गरेसँगै चौधरी छुट्ने हल्ला चलेको हो । यदि राष्ट्रपतिले अध्यादेशलाई हुवहु पारित गरेको खण्डमा चौधरी छुट्नेछन् ।
तर सत्ता स्वार्थका लागि सरकारले अपराधीलाई आममाफी दिन लागेको भन्दै सत्तापक्ष र विपक्षी नेताहरूले आपत्ति जनाएका छन् । सरकारको उक्त निर्णयको अहिले चौतर्फी विरोध भइरहेको छ ।
२०७२ सालमा कैलालीको टीकापुरमा थारुहटले गरेको आन्दोलनमा प्रहरीका उच्च अधिकारीसहित ८ जनाको हत्या भएको थियो । सोही हत्यामा संलग्न भएका उनी दोषी ठहर भई अदालतले जन्मकैदको सजायँ सुनाएकाे हाे । अहिले उनी कारगारमा बसेर कैद भुक्तान गरिरहेका छन् ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया