रेडियोग्राफर नहुँदा एक्स-रे सेवा बन्द
खोटाङ । एक्स–रे सेवा बन्द हुँदा अस्पताल एक्स-रे गर्न पुगेका विरामीहरु मारमा परेका छन् । जिल्ला अस्पताल खोटाङको रेडियोलोजी शाखामा कार्यरत रेडियोग्राफर अस्पतालमा नभएपछि अस्पतालको एक्स–रे सेवा बन्द भएको हो ।
दुई जना रेडियोग्राफरमध्ये एक जना बुबाको उपचारकाे सिलसिलामा भारत गएकाे र अर्का रेडियोग्राफर पारिवारिक समस्याका कारणले बिदामा बसेपछि एक्स–रे सेवा बन्द भएको हो ।
वैकल्पिक व्यवस्थाका लागि रेडियोग्राफरलाई बोलाए पनि एक्स–रे मेशिन चलाउन नजानेका कारण सेवा बन्द भएकाे जिल्ला अस्पतालका निमित्त प्रमुख डा.चतुरानन्द यादवले बताए ।
मंसीर २५ देखी २९ गतेसम्मका लागि जिल्ला अस्पताल खोटाङमा एक्स रे सेवा बन्द गरिएको हो ।अहिले एक्स-रे मेशिन बन्द भएपछि बिरामी अन्यत्र जान बाध्य भएका छन् ।
ताजा अपडेट
-
पोखराको प्राइम सहकारीमा डेढ अर्ब हिनामिना, अध्यक्षसहित आठ पक्राउ
-
लागूऔषध मुद्दामा ७७ जना पक्राउ
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिने
-
पाठेघर क्यान्सरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने
-
सबै स्वास्थ्य क्षेत्रलाई स्वास्थ्य बीमामा अनिवार्य आवद्ध गरिने
प्रतिक्रिया