रेडियोग्राफर नहुँदा एक्स-रे सेवा बन्द
खोटाङ । एक्स–रे सेवा बन्द हुँदा अस्पताल एक्स-रे गर्न पुगेका विरामीहरु मारमा परेका छन् । जिल्ला अस्पताल खोटाङको रेडियोलोजी शाखामा कार्यरत रेडियोग्राफर अस्पतालमा नभएपछि अस्पतालको एक्स–रे सेवा बन्द भएको हो ।
दुई जना रेडियोग्राफरमध्ये एक जना बुबाको उपचारकाे सिलसिलामा भारत गएकाे र अर्का रेडियोग्राफर पारिवारिक समस्याका कारणले बिदामा बसेपछि एक्स–रे सेवा बन्द भएको हो ।
वैकल्पिक व्यवस्थाका लागि रेडियोग्राफरलाई बोलाए पनि एक्स–रे मेशिन चलाउन नजानेका कारण सेवा बन्द भएकाे जिल्ला अस्पतालका निमित्त प्रमुख डा.चतुरानन्द यादवले बताए ।
मंसीर २५ देखी २९ गतेसम्मका लागि जिल्ला अस्पताल खोटाङमा एक्स रे सेवा बन्द गरिएको हो ।अहिले एक्स-रे मेशिन बन्द भएपछि बिरामी अन्यत्र जान बाध्य भएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया