मुक्तिनाथ जाने बाटोमा सीसी क्यामरा जडान
काठमाडाैं । जोमसोम मुस्ताङको बारागुङ मुक्तिक्षेत्र १ का ४ गाउँमा सीसी क्यामरा जडानको काम सुरु गरिएको छ ।
हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा धार्मीक स्थल मुक्तिनाथको रानीपौवा बजारक्षेत्र, झारकोट, खिङ्ला र लुप्रा गाउँका लागि १३ वटा सीसी क्यामरा जडानको काम सुरु गरिएको हाे ।
गाउँपालिकाको चालु आर्थिक वर्षमा वडाको बिनियोजित ५० लाख बजेटमध्यबाट अत्याधुनिक सीसी क्यामरा जडान गर्न वडाले रकम छुट्याएको थियाे ।
पछिल्लो समय मुक्तिनाथ क्षेत्रमा बढ्दै गएको आन्तरिक तथा बाह्य पर्यटनलाई अझ सुरक्षित बनाउन र थप सुदृढ पार्न पालिकाले सीसी क्यामरा जडान गर्न थालेको हो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया