NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २२ गते

कपिलवस्तुकाे शिवराज नगरपालिकाले दुर्गम गाउँमा सेवा विस्तार गर्दै

कपिलवस्तु । दुर्गम गाउँका जनतालाई सहज रूपमा वडा कार्यालयको पहुँचमा पुराउन सेवा कार्यालय स्थापना भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ ले आफ्नो सेवा केन्द्रको उद्घाटन गरेको छ ।

वडाका बलु हवा, काफल खुट्टा, हचुवा, मजगाँउ र बलु हवा डाँडाका सेवाग्राहीहरूको सुविधाका लागि सेवा केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याएको वडा कार्यालयले जनाएको हो ।

वडा कार्यालयमा पुग्न खर्च गर्नु पर्ने समयलाई मध्यनगर गर्दै वडाले सेवा केन्द्रको स्थापना गरेको वडा अध्यक्ष टेकलाल सापकोटाले बताए ।

उनका अनुसार सबै भन्दा नजिकको सरकार स्थानीय तह भएको र जनता सँग प्रत्यक्ष जोडिने सरकार भएकाले नागरिकको सुविधालाई प्राथमिकता दिँदै वडा कार्यालयबाट हुने सम्पूर्ण काम साप्ताहिक रूपमा सेवा केन्द्रबाट उपलब्ध हुनेछ ।

हरेक साताको मङ्गलवार सेवा केन्द्रबाट सेवा प्रवाह गरिने हुँदा अति आवश्यक काम बाहेक अन्य कामका लागि सेवा केन्द्रबाटै सुविधा लिन सकिने छ ।

ताजा अपडेट

नेपालवाच विशेष