कपिलवस्तुकाे शिवराज नगरपालिकाले दुर्गम गाउँमा सेवा विस्तार गर्दै
कपिलवस्तु । दुर्गम गाउँका जनतालाई सहज रूपमा वडा कार्यालयको पहुँचमा पुराउन सेवा कार्यालय स्थापना भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ ले आफ्नो सेवा केन्द्रको उद्घाटन गरेको छ ।
वडाका बलु हवा, काफल खुट्टा, हचुवा, मजगाँउ र बलु हवा डाँडाका सेवाग्राहीहरूको सुविधाका लागि सेवा केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याएको वडा कार्यालयले जनाएको हो ।
वडा कार्यालयमा पुग्न खर्च गर्नु पर्ने समयलाई मध्यनगर गर्दै वडाले सेवा केन्द्रको स्थापना गरेको वडा अध्यक्ष टेकलाल सापकोटाले बताए ।
उनका अनुसार सबै भन्दा नजिकको सरकार स्थानीय तह भएको र जनता सँग प्रत्यक्ष जोडिने सरकार भएकाले नागरिकको सुविधालाई प्राथमिकता दिँदै वडा कार्यालयबाट हुने सम्पूर्ण काम साप्ताहिक रूपमा सेवा केन्द्रबाट उपलब्ध हुनेछ ।
हरेक साताको मङ्गलवार सेवा केन्द्रबाट सेवा प्रवाह गरिने हुँदा अति आवश्यक काम बाहेक अन्य कामका लागि सेवा केन्द्रबाटै सुविधा लिन सकिने छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया