रविको सांसद र सभापति पदको खारेजीको माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित प्रतिनिधि सभा सांसद रवि लामिछानेको सांसद पदको खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
सिन्धुलीका युवराज सफलले लामिछानेको सांसद पदसहित रास्वपाको सभापति पद खारेजीको मागसहित रिट दायर गरेका हुन् ।
चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेको नागरिकता विवादबारे हाल प्रहरीले अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।
उनीविरुद्ध गतहप्ता गृहमन्त्रालयमा उजुरी परेको थियो । लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र नेपाल फर्किएपछि अमेरिकी नागरिकता त्याग गरेपनि नेपाली नागरिकता पुरानै प्रयोग गरेको उनी आरोप छ ।
लामिछानेले अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट बनाएको तथ्य मिडियामा सार्वजनिक भएपछि उनले लिएको नागरिकता र राहदानी छानविन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरी परिसर काठमाडौंलाई पत्र पठाएको थियो ।
नेपालको कानुन अनुसार विदेशी नागरिकता लिँदा नेपालको नागरिकता स्वतः खारेज हुने प्रावधान रहेको छ । रविले विवरण ढाँटेर निर्वाचन आयोगमा दल र आफ्नो उम्मेदवारी दर्ता गरेको आरोप लागेको छ ।
उनको उम्मेदवारी रद्द गर्न उनीविरुद्ध उजुरी परेपनि आयोग आफ्नो क्षेत्राधिकारभित्र नपर्नेभन्दै पन्छिएको थियो । सञ्चारकर्म छाडेर चितवन–२ बाट पहिलोपटक प्रतिनिधिसभा सदस्यमा उठेका उनले सर्वाधिक मतान्तरसहित निर्वाचन जितेका थिए ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया