पर्यटन ‘प्रोडक्ट प्याकेजिङ र ‘डिजिटल’ तालिम
काठमाडाैं । नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका लागि सातै प्रदेशमा ‘पर्यटन प्रोडक्ट प्याकेजिङ’ र ‘डिजिटल तालिम’ दिन सुरुआत गरेको छ ।
पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ प्रदेश नं १ को इलाम जिल्लामा आजबाट तालिम सुरु गरिएको बोर्डले जनाएको छ । इलाम नगरपालिकासँगको सहकार्य भएको तालिममा प्रदेशका आठ जिल्लाका २५ व्ववसायीको सहभागिता छ ।
तालिम डिजिटल माध्यमबाट व्यवसायको प्रवद्र्धन गर्ने, प्रदेशमा रहेका विभिन्न पर्यटन गन्तव्य, आकर्षणलाई सही ढंगले प्याकेजिङ गर्न सिकाउने गरी तयार गरिएको छ । सैद्धान्तिकसहित व्यवहारिक ज्ञान उपलब्ध गराउने हेतुले बोर्डले स्थानीय निकाय, विज्ञ, पर्यटन व्यवसायीसँग निरन्तर सहकार्य गरिरहेको छ ।
तालिम यही फागुन २७ मा समापन हुनेछ । तालिमको दौरान कम्तीमा प्रदेशका ५० स्थानलाई म्यापमा समावेश गर्ने, फोटोसहित विवरणलाई अद्यावधिकसमेत गरिने जनाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आवागमन सुचारु हुँदै गएको हालको अवस्थामा यस्ता तालिमले दक्षजनशक्ति तयार गर्न, लुकेका सम्भावना बोकेका क्षेत्रको डिजिटल पहुँच बढाउन, स्थानीयवासीलाई डिजिटल माध्यमबाट जोडिन सघाउने विश्वास बोर्डले लिएको छ ।
यसअघि फागुन २० देखि २२ सम्म भैरहवामा लुम्बिनी प्रदेशका चालिस व्यवसायीलाई सो विषयमा तालिम दिइएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।
ताजा अपडेट
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता
-
काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए, होटल भरिभराउ, स्थानीय गाउँमै रोजगार


प्रतिक्रिया