उपराष्ट्रपति स्वागत समारोहमा
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन कतारको राष्ट्रिय दिवसका अवसरमा आज साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी भएका छन् ।
नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद आल हेलले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य संवैधानिक अङ्गका पदाधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, पूर्वसांसद, उद्योगपति, व्यापारी, खेलकुद क्षेत्रका पदाधिकारी, कलाकार एवं समाजका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो ।
–––
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया