भारतीय अभिनेता ओबराय नेपालमा
काठमाडाैं । भारतीय चलचित्रका अभिनेता विवेक ओबराय बुधबार नेपाल घुम्न यहाँ आइपुगेका छन् । उनी परिवारसहित घुम्न आएका हुन्
व्यवसायी पुनम यादवको निम्तोमा आउनुभएका अभिनेता ओबराय दश दिन नेपालमा रहनुहुने बताइएको छ । ‘पहिलोपटक नेपाल आएको हुँ, मेरो बुबाआमा धेरै पटक आइसक्नुभएको छ,’ त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने । नेपाल बसाइँका क्रममा पशुपतिनाथ दर्शनका साथै लुम्बिनी, पोखरालगायत ठाउँ घुम्ने कार्यक्रम रहेको बताइएको छ ।
अभिनेता ओबरायले प्याराग्लाइडिङ, बन्जीजम्प, धौलागिरि हिमालको अवलोकनसँगै म्याग्दीको घोरेपानी क्षेत्र घुम्ने कार्यक्रम तय भएको छ ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आजको मौसमः केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
-
अमेरिका-इरानबीच शान्ति सम्झौताको घोषणा, जुन १९ मा स्वीजरल्यान्डमा औपचारिक हस्ताक्षर हुने
-
विश्वकप: चार पटक विश्वकप विजेता जर्मनी विजयी
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा


प्रतिक्रिया