जापानले पूर्वसभामुख पौडेललाई विभुषण प्रदान गर्ने
काठमाडौं । पूर्वसभामुख तथा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई जापान सरकारले ‘ग्राण्ड कोर्डन दि अर्डर अफ दि राइजिङ सन’ विभूषणबाट सम्मान गर्ने भएको छ ।
नेपाल–जापान संसदीयमैत्री संघका संस्थापक अध्यक्षसमेत रहेका पौडेललाई बिहीबार दिउँसो ३ बजे जापानी दुताबास पानीपोखरीमा सम्मान गर्ने कार्यक्रम राखेको उनका सचिवालयले जनाएको छ ।
पौडेल सभामुख हुँदा नेपाल–जापान सम्बन्धमा खेलेको भूमिकालाई सम्मान गर्दै जापान सररकारले उक्त अवार्ड दिन लागिएको हो । जापानले विशिष्ट व्यक्तिहरूलाई वर्षमा २ पटक यो अवार्ड प्रदान गर्दै आएको छ, जसमा विदेशी नागरिक थोरै पर्छन् ।
सन् १८७५ मा जापानका सम्राट मेइजिले यो विभूषणको स्थापना गरेका थिए। यो अवार्ड सर्वोच्च सम्मानमध्ये एक हो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया