बारा कांग्रेसको सभापतिका लागि पुनः मतदान हुने

कलैया । नेपाली कांग्रेस बाराको बुधबार सम्पन्न निर्वाचनको सभापति पदको नतिजा सार्वजनिक भएको छ । कूल दुई हजार ४९३ मतदाता रहेकामा जम्मा दुई हजार ४०० मत खसेको प्रमुख निर्वाचन अधिकृत राजकुमार उप्रेतीले जानकारी दिए ।
सभापतिका उम्मेदवार राजेशराय यादवले ८३३ मत सहित पहिलो, शम्भुबहादुर बुढाथोकी ८०९ मतसहित दोस्रो र रमानन्द यादव ७०८ मतसहित तेस्रो स्थानमा आउनुभएको छ । निर्वाचन अधिकृत उप्रेतीले २८ मत बदर भएको जानकारी दिए ।
यस निर्वाचनमा ५१ प्रतिशत मत हासिल गर्न कुनै पनि उम्मेदबारले नसकेपछि दोस्रो चरणमा मतदान हुने भएको छ ।
बिहीबार दुई उम्मेदवारबीच छलफल गरेपछि अर्को निर्वाचनको मिति तोक्ने निर्वाचन अधिकृत उप्रेतीले जानकारी दिए । सम्भवत फागुन २७ गते नै निर्वाचन गर्ने गरी छलफल अगाडि बढाइएको निर्वाचन अधिकृत उप्रेतीको भनाइ छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया