महोत्तरीमा प्रहरी र स्थानीयबीच झडप
काठमाडाैं । महोत्तरीको रामगोलापुर ५ मा स्थानीय र प्रहरीबीच झडप भएको छ । आन्दोलनमा ढुंगामुढा गर्न थालेपछि प्रहरीले आन्दोलनलाई नियन्त्रणमा लिन ५ राउन्ड अश्रुग्याँस प्रहार गरेको प्रहरीले जनाएको छ ।
घरेलु हिंसा मुद्दामा जिल्ला अदालत महोत्तरीले संरक्षणात्मक आदेश जारी गरेपछि माइतबाट घर फकिएकी नेहा चौधरीले घरमा प्रवेश नपाएको विषयलाई लिएर आन्दोलन सुरु भएको थियो ।
घरमा प्रवेश नपाएपछि नेहा आफ्ना श्रीमान् डा.पंकज चौधरीको घरको गेटमै धर्ना बस्दै आएकी थिइन । मंसिर २६ गते अदालतले संरक्षणात्मक आदेश जारी गरेपछि नेहाले पंकजको घरमा बस्न पाउनु पर्ने माग राख्दै धर्ना दिदैँ आएकी छन् ।
डा.पंकज चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बेला आन्दोलन चर्काएको भन्दै प्रहरीले नेहा चौधरी र नेहारिका राजपुतलाई समेत अहिले नियन्त्रणमा लिएर आन्दोलन मत्थर बनाउने प्रयास गरिहेको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया