मानसिक हिंसाको उजुरी सबैभन्दा बढी
काठमाडौं । राष्ट्रिय महिला आयोगले चालु आर्थिक वर्षको चार महिनामा मानसिक हिंसासम्बन्धी सबैभन्दा धेरै उजुरी परेको जानकारी दिएको छ ।
आयोगद्वारा आज आयोजित कार्यक्रममा कुल उजुरीमध्ये ४२ प्रतिशत मानसिक हिंसासम्बन्धी उजुरी रहेको जानकारी दिइएको हो । आयोगमा साउनदेखि कात्तिकसम्म मानसिक हिंसासम्बन्धी तीन सय २५ (४२ प्रतिशत), आर्थिक हिंसासम्बन्धी दुई सय २४ (२९ प्रतिशत), शारीरिक हिंसासम्बन्धी एक सय ९८ (२६ प्रतिशत ) र यौनजन्य हिंसा २२ (३ प्रतिशत) दर्ता भएका छन् ।
‘केन्द्रमा मात्र सहज पहुँच हुनाले बागमती प्रदेशमा बढी उजुरी दर्ता भएको हुनसक्छ’, आयोग अध्यक्ष कमलाकुमारी पराजुलीले भनिन्, ‘आयोग ग्रामीण समुदायबाट पनि उजुरी दर्तामा होस् भनी सहज वातावरण सिर्जना गर्न पहल गरेका छौँ ।’
कार्यक्रममा चालु आवको चार महिनामा आयोगद्वारा भएका स्थलगत अनुगमन, सचेतनामूलक कार्यक्रम तथा प्रकाशन, दर्ता भएका उजुरीलगायतका गतिविधिबारे जानकारी दिइएको थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया