आर्यन र उपासनाकाे ‘डिसेम्बर फल्स’ को ट्रेलर सार्वजनिक

काठमाडौं । प्रविण झा निर्देशित चलचित्र डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक भएको छ । रोमान्टिक थ्रिलर जनरामा निर्माण भएको चलचित्रमा मूख्य भूमिका अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीलाई देख्न सकिन्छ ।
त्यस्तै, चलचित्रमा सलोन बस्नेत, शिवहरी पौडेल, नगेन्द्र रिजाल, शिशिर राणा, गीता अधिकारी, प्रभात पल ठकुरी, नरेश भट्टराई, सुमन थापालगायतको पनि अभिनय रहेको छ ।
चलचित्रका कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने निर्मातामा रामप्रसाद रिजालका साथै राजकुमार भट्ट छन् । चलचित्रको पटकथा तथा संवाद केदार भुषाल र प्रतिक पौडेलले तयार पारेका हुन् । चलचित्र आगामी पुष १५ बाट प्रदर्शन हुने भएको छ ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया