द ब्रिटिस कलेजको ‘दोस्रो दीक्षान्त समारोह २०२२’ सम्पन्न
काठमाडौं । द ब्रिटिस कलेजको ‘दोस्रो दीक्षान्त सामारोह २०२२’ सम्पन्न भएको छ । यस वर्ष आयोजित दोस्रो दीक्षान्त कार्यक्रममा लिड्स बेकेक्ट युनिभर्सिटीबाट उत्तिर्ण एमएससी आइटीका विद्यार्थीहरु र द युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्याण्डबाट उत्तिर्ण विद्यार्थीहरु दीक्षित भएका हुन् । सोल्टी होटेलमा आयोजना गरिएको दीक्षान्त समारोहमा विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
द ब्रिटिस कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कँडेलले पानसमा दियो बालेर दीक्षान्त समारोहको उद्घाटन गरेका थिए । साथै उनले स्वागत मन्तव्य दिएका थिए । उनले भने,‘यस वर्षको पहिलो दीक्षान्त कार्यक्रममा धेरै विद्यार्थीहरु उपस्थित हुन पाएका थिएनन् । यो महत्वपुर्ण समारोहमा विभिन्न तरिकाले जोडिन म आव्हान गर्दछु । कोही लामो दुरी पार गरेर आउनु भएको छ भने कतिपयले नेपालभित्रैबाट हामीलाई सहयोग गर्नुभएको छ । भिडियो लिंकमार्फत हामीसँग जोडिन म आग्रह गर्दछु ।’
कार्यक्रममा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । औद्यागिक सल्लाहकार बोर्डका सदस्यहरु विरेन्द्र राज पाण्डे र प्रचण्डमान श्रेष्ठ उपस्थित रहेका थिए । ब्रिटिस कलेजकी प्रिन्सिपल मेरी विसप र कलेज अफ विजनेश एण्ड लकी इन्टरनेशनल पार्टनरसिप प्रमुख प्याट्रिसिया भोइडेनले भिडियो सन्देश पठाएका थिए । त्यस्तै बिबिएबाट दीक्षित भएका निरज प्रताप शाह, एमएसई आइटीबाट दीक्षित भएका तरुण खत्रीले आफ्नो मन्तव्य राखेका थिए ।
द ब्रिटिस कलेजका एसोसियट डिन अरुण जोशीले भने, ‘विद्यार्थीहरुलाई आज यो दीक्षान्त समारोहमा देख्न पाउँदा कलेजले अध्ययन अध्यापनमा गरेको मेहनतलाई सम्झन चाहन्छु । यो सफलताले पनि देखाउँछ कि कलेजले प्रदान गर्ने शैक्षिक गुणस्तर कत्तिको उत्कृष्ट छ ।’
ठुलो परिश्रमले यो सफलता मिलेको भन्दै उनले सबै कर्मचारी, फ्याकल्टी र विद्यार्थीहरुलाई बधाई र शुभकामना दिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया