रुपनी–राजविराज सडक निर्माण सुरु
राजविराज । लामो समयको प्रतिक्षापछि रुपनी–राजविराजसम्मको चार लेनको सडक निर्माण सुरु भएको छ । त्यसका लागि सडक खण्डमा पर्ने अतिक्रमण गरी बसेका घर तथा टहरा हटाउने कार्य सुरु गरिएको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले जानकारी दिए ।
रुपनी बजारबाट सदरमुकाम राजविराजसम्म जोड्ने १० किलोमिटर लम्बाईको सडक फराकिलो बनाउने काम सुरु भएको उनले बताए । हाल दुई लेनको सडक स्तरोन्नति गरी चार लेनको बनाउन लागिएको हो ।
सडक डिभिजन कार्यालय लहानका इञ्जिनियर रमेश गोइतले तीन अर्ब रुपैयाँको अनुमानित लागतमा रुपनी–राजविराज सडकखण्ड निर्माण सुरु गर्न लागिएको जानकारी दिए । हाल रु ५५ करोडको बोलपत्र स्वीकृत भइसकेको छ । सडक ३० मिटर चौडाइ तथा १९ मिटर कालोपत्र, फुटपाथ, सोल्जर र मिडियनसमेत रहने उनको भनाइ छ ।
विसं २०७८ चैत ९ मारुपनी–राजविराज चार लेन सडकखण्डको जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव तथा तत्कालीन सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले संयुक्तरूपमा शिलान्यास गरेका थिए ।
ताजा अपडेट
-
शिक्षामन्त्री सुमनामाथि एमाले अध्यक्ष ओलीको बारम्बार खिसिटिउरी
-
ब्रेकसुमा सुन तस्करी गर्ने कांग्रेस नेतासहित नौ जना सिआइबी हिरासतमा
-
विवादित एसपीसहित चार जना एसएसपीमा बढुवा सिफारिस
-
प्रधानमन्त्री र अर्थमन्त्रीसँग ओली आक्रोशित
-
काठमाडौं र ललितपुरमा भएको दुर्घटनामा तीन जनाको मृत्यु
प्रतिक्रिया