अमेरिकामा १ करोड ५० लाखभन्दा बढी बिरामी परेको सीडीसीको अनुमान
लस एन्जलस । संयुक्त राज्य अमेरिकामा यस मौसममा अहिलेसम्म कम्तीमा १ करोड ५० लाख बिरामी भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले सार्वजनिक गरेको रिपोर्टमा जनाइएको छ ।
शुक्रबार सार्बजनिक रिपोर्ट अनुसार यो अवधिमा एक लाख ५० हजार अस्पताल भर्ना र नौ हजार ३०० जनाको मृत्यु भइसकेको शुक्रबार सार्बजनिक सीडीसीको रिपोर्टमा उल्लेख छ ।
अमेरिकामा मौसमी इन्फ्लुएन्जाको गतिविधि उच्च रहेको तर केही क्षेत्रमा घट्दो देखिएको सीडीसीले जनाएको छ ।
सीडीसीको तथ्याङ्कअनुसार डिसेम्बर १० मा समाप्त भएको पछिल्लो हप्तामा अमेरिकामा फ्लुका कारण २३ हजार ५०० भन्दा बढी मानिस अस्पताल भर्ना भएका छन् ।
इन्फ्लुएन्जासँग सम्बन्धित नौ बालबालिकाको मृत्यु यसै साता भएको छ भने यस मौसममा अहिलेसम्म ३० जनाको मृत्यु भएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया