गणेश लामासहित तीन जनालाई कारबाही गर्न सिफारिस
काभ्रे । नेपाली कांग्रेस, जिल्ला समिति काभ्रेले निर्वाचनमा अन्तरघात गरेको ठहर गर्दै गणेश लामासहित तीन जनालाई कारबाही गर्न सिफारिस गरेको छ ।
जिल्ला समितिले केन्द्रीय सदस्यद्वय गणेश लामा र मधुप्रसाद आचार्य तथा प्रतिनिधि सभा क्षेत्र नं. २ का सभापति महेश खरेललाई कारबाही गर्न सिफारिस गरेको हो ।
गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधि सभा क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ उम्मेदवार रहेका पूर्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई र जिल्ला सभापति तीर्थ लामालाई अन्तर्घात गरी पराजित गर्न भूमिका खेलेकाले कारबाहीका निम्ति पार्टी अनुशासन समितिसमक्ष सिफारिस गरिएको काभ्रे जिल्ला समितिले जनाएको छ ।
पार्टीले सर्कुलर नै गरेर नेता तथा कार्यकर्तालाई गठबन्धनका उम्मेदवार विजयी गराउन भूमिका खेल्न आग्रह गरे पनि आचार्य र लामा निर्वाचन प्रचार अभियानमा एक दिन पनि हिँडेका थिएनन् । उनीहरूमाथि विपक्षी उम्मेदवारको पक्षमा भित्रभित्रै लागेको आरोप छ ।
नेपाली कांग्रेसले गत निर्वाचनमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्ताको खोजी थालेको छ । मातहतका कमिटीलाई यस्ता नामबारे जानकारी गराउन भनेपछि विभिन्न जिल्लाबाट अन्तर्घात गर्नेको नाम केन्द्रलाई पठाइएको छ । यसमध्ये केहीलाई कांग्रेसले कारबाहीसमेत गरिसकेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया