माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी पदाधिकारी बैठक डाकेको छ । सत्तागठबन्धन दलबीच आगामी सरकारको नेतृत्वमा सहमति जुट्न बाँकी रहेका बेला माओवादीले पदाधिकारी बैठक बोलाएको हो ।
आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा तय बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनलगायत विषयमा छलफल हुने प्रचण्डको सचिवालयले जनाएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी सरकारको नेतृत्व गर्ने इच्छा देखाएका छन् । उनले शनिबार मात्रै कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आफूलाई पहिलो कार्यकाल प्रधानमन्त्रीमा समर्थन गर्नुपर्ने प्रस्ताव गरेका छन् । तर देउवा आफैं छैटौं कार्यकालका लागि प्रधानमन्त्रीका आकांक्षी छन् ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया