थप ११२ कोरोना संक्रमित थपिए, ४२९ कोरोनामुक्त

काठमाडाैं । नेपालमा पछिल्लो २४ घटामा देशभर ११२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ६ हजार ८०१ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा ७७ तथा २ हजार ५२७ एन्टिजेन विधिबाट ३५ जना गरी ११२ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ९ लाख ७७ हजार ७८६ जना पुगेको छ । त्यस्तै एन्टिजेन विधिबाट कुल १ लाख ३९ हजार ८७८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा थप ४२९ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ९ लाख ६० हजार ४९७ जना रहेका छन् ।
बिहीबार कोरोनाको संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । बुधबार पनि कोरोनाबाट कसैको ज्यान गएको थिएन । नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९४९ जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ३४० जना छन् । त्यस्तै १०६ जना क्वारेन्टिनमा छन् ।
ताजा अपडेट
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
-
कुमारी बैंकले सुरु गर्यो फोनेपे क्रेडिट कार्ड सेवा
-
‘ठूला जलविद्युत् आयोजना निर्माण सरकारको प्राथमिकतामा छन्’ : ऊर्जा मन्त्री खड्का
-
‘सेनालगायतका सुरक्षाकर्मीको सेवा सुविधा वृद्धि गर्न सरकार सकारात्मक’ : रक्षामन्त्री राई
-
धार्मिक पर्यटकीय क्षेत्र घुमारी घाट ओझेलमा
प्रतिक्रिया