विदुर ढल निर्माण तथा प्रशोधन आयोजना नुवाकोटमा सञ्चालनमा
नुवाकोट । नुवाकोटको विदुर नगपालिकाको मुख्य बजार क्षेत्रको ढल व्यवस्थापनका लागि ‘विदुर ढल निर्माण तथा प्रशोधन आयोजना’ सञ्चालन भएको छ । विदुर नगरपालिकाको वडा नम्बर २, ४, ५ र ६ लाई केन्द्रीत गरि बहु–प्रतिक्षित ‘विदुर ढल निर्माण तथा प्रशोधन आयोजना’ को सिलान्याससँगै निर्माण कार्य सुरु भएको हो ।
सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना चितवनमार्फत सञ्चालन गर्न लागिएको आयोजनाको लागत ४५ करोड रुपैयाँ रहेको छ । सो आयोजनाको कार्यक्रमकाबीच विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठले शुभारम्भ गरेका छन् ।
विदुर नगरपालिकाको मुख्य–मुख्य बजार क्षेत्र भएर बहने ढललाई एकीकृत गर्न र त्यसलाई प्रशोधन गरेर शुद्धिकरण गर्न महत्वका रुपमा लिइएको सो आयोजनालाई तोकिएको समयभित्र सम्पन्न गर्न नगरपालिकाका तर्फबाट आवश्यक सहयोग गर्ने मेयर श्रेष्ठले प्रतिवद्धता जनाएका छन् ।
नुवाकोटको विदुर नगपालिकाको मुख्य बजार क्षेत्रको ढल व्यवस्थापनका लागि ‘विदुर ढल निर्माण तथा प्रशोधन आयोजना’ प्रभावकारी हुने लक्ष्य लिइएको उपमेयर प्रभा बोगटीको भनाइ छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया