विदुर ढल निर्माण तथा प्रशोधन आयोजना नुवाकोटमा सञ्चालनमा
नुवाकोट । नुवाकोटको विदुर नगपालिकाको मुख्य बजार क्षेत्रको ढल व्यवस्थापनका लागि ‘विदुर ढल निर्माण तथा प्रशोधन आयोजना’ सञ्चालन भएको छ । विदुर नगरपालिकाको वडा नम्बर २, ४, ५ र ६ लाई केन्द्रीत गरि बहु–प्रतिक्षित ‘विदुर ढल निर्माण तथा प्रशोधन आयोजना’ को सिलान्याससँगै निर्माण कार्य सुरु भएको हो ।
सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना चितवनमार्फत सञ्चालन गर्न लागिएको आयोजनाको लागत ४५ करोड रुपैयाँ रहेको छ । सो आयोजनाको कार्यक्रमकाबीच विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठले शुभारम्भ गरेका छन् ।
विदुर नगरपालिकाको मुख्य–मुख्य बजार क्षेत्र भएर बहने ढललाई एकीकृत गर्न र त्यसलाई प्रशोधन गरेर शुद्धिकरण गर्न महत्वका रुपमा लिइएको सो आयोजनालाई तोकिएको समयभित्र सम्पन्न गर्न नगरपालिकाका तर्फबाट आवश्यक सहयोग गर्ने मेयर श्रेष्ठले प्रतिवद्धता जनाएका छन् ।
नुवाकोटको विदुर नगपालिकाको मुख्य बजार क्षेत्रको ढल व्यवस्थापनका लागि ‘विदुर ढल निर्माण तथा प्रशोधन आयोजना’ प्रभावकारी हुने लक्ष्य लिइएको उपमेयर प्रभा बोगटीको भनाइ छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया