‘अवतार २’ हेर्न पुगेका दर्शक ‘ओभरएक्साइटेड’ भएपछि मृत्यु
एजेन्सी । हलिउड फिल्म ‘अवतार २’ हेर्न पुगेका एक युवकको हृदयघातका कारण मृत्यु भएको छ । भारतको आन्द्र प्रदेशस्थित काकीनाडा जिल्लाको पेद्दापुरका लक्ष्मी रेड्डी श्रीनु नाम गरेका व्यक्तिको फिल्म हेर्दा हेर्दै मृत्यु भएको हो ।
उनी आफ्ना भाइसँग उक्त फिल्म हेर्न पुगेका थिए । फिल्म हेर्दा हेर्दै बेहोस भएर ढलेका उनलाई अस्पताल लैजानेवित्तिकै डाक्टरले मृत घोषणा गरिदिए ।
डाक्टरका अनुसार उनलाई पहिलादेखि नै उच्च रक्तचापको समस्या थियो । उनी फिल्मलाई लिएर निकै उत्साहित भए जसकारण अचानक उनको मुटुको धड्कन बढेर गयो । मृतकका दुई बच्चा पनि छन् ।
यस्तै घटना सन् २००९ मा ताइवानमा पनि भएको थियो । जब अवतार हेर्न पुगेका ४२ वर्षिया व्यक्तिको हृदयघातका कारण मृत्यु भयो ।
त्यतिबेला अवतारको पहिलो भागले रिलिज पछि सबै रेकर्ड तोडेर बक्स अफिसमा धुम मच्चाएको थियो । उक्त फिल्म इतिहासकै सबैभन्दा बढी कमाइ गर्ने फिल्म मध्येमा पर्छ । फिल्मले त्यतिबेला संसारभर १९ हजार करोडको कुल बक्स अफिस कलेक्सन गरेको थियो ।
पहिलो भाग रिलिज भएको १३ वर्ष पछि दोस्रो भाग प्रदर्शनमा आएको हो । फिल्मलाई चर्चित क्यानडियन फिल्ममेकर जेम्स क्यामरूनले निर्देशन गरेका हुन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया