सानिमा बैंकको १८ औं साधारण सभा सम्पन्न, चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर पारित
काठमाडाैं । सानिमा बैंक लिमिटेडले २०७९ पौष ३ गते आईतबारका दिन १८ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ ।
बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ०.९८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । सर्वसाधारण समूहको तर्फबाट सञ्चालक समितिमा श्री आशुतोष उपाध्याय र श्री रमेश कुमार पोखरेल १८ औं वार्षिक साधारण सभाबाट निर्वाचित भएका छन् ।
आर्थिक वर्ष २०७८/७९ मा २.०९ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति १९२.५१ अर्ब, कुल निक्षेप रु. १५८.८८ अर्ब तथा खुद कर्जा सापटी रु १४१.६९ अर्ब रहेको छ । आर्थिक वर्ष २०७७/७८ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश २१.३९, १५.०४ र १९.७५ प्रतिशतले वृद्धि गरेको छ ।

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया