विश्वकप फुटबल फाइनलमा अर्जेन्टिनाको अग्रता
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेलको मध्यान्तरसम्म अर्जेन्टिनाले सुरुआती अग्रता बनाएको छ ।
कतारको लुसेल स्टेडियममा जारी खेलको मध्यान्तरसम्म अर्जेन्टिनाले फ्रान्सविरुद्धको खेलमा २–० गोलको अग्रता बनाएको हो । खेलको २३औँ मिनेटमा लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । फ्रान्सका ओसुमाने डेम्बेलेले पेनाल्टी क्षेत्रभित्र एन्जल डी मारियालाई लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको पाएको थियो ।
त्यसपछि खेलको ३६औँ मिनेटमा एन्जल डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाएका छन् । उनले म्याक एलिस्टरको पासमा गोल गरेका हुन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया