एनएमबि बैंक र फोनपेको सहकार्यमा मनकामना बजार पुरै डिजिटल बनाउने अभियान सुरु
काठमाडाैं । विद्युतीय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उदेश्य लिएर एनएमबि बैंक र फोनपे को सहकार्यमा मनकामना बजार पुरै डिजिटल बनाउने अभियान सुरु भएको छ ।
शुक्रबार क्यूआर मार्फत मन्दिरमा भेटी दान गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा द्वारा सो अभियानको सुरुवात भएको हो । मनकामना मन्दिर परिसरमा पुजा सामाग्री, फलफुल, रेस्टुरेन्ट लगायत अरु व्यवासय को भुक्तानी साथै मन्दिरमा भेटी दान समेत अब विद्युतीय माध्यमबाटनै गर्न सकिने भएको छ ।
बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया