सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य स्थिर छ । आज छापावाल सुन आइतबारकै मूल्य प्रतितोला एक लाख पाँच सय रूपैयाँ तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य पनि आइतबारकै मूल्य प्रतितोला एक लाख छ ।
त्यस्तै चाँदीको मूल्यसमेत स्थिर छ । आज चाँदी आइतबारकै मूल्य एक हजार तीन सय ८० पुगेको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
प्रतिक्रिया