तत्काल सन्यास लिन्नँ : मेसी
काठमाडौं । अर्जेन्टिनालाई विश्वकप फुटबल २०२२ को उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका लियोनल मेसीले तत्काल सन्यास नलिने बताएका छन् ।
अर्जेन्टिनालाई विश्वकप दिलाउने सपना पूरा भएपछि मेसीले सन्यास लिनसक्ने अनुमानबीच उनले तत्काल त्यस्तो निर्णय नलिने प्रष्ट पारेका हुन
।
टीवाईसी स्पोर्ट्ससँगको अन्तर्वार्तामा उनले भने, ‘मेरो लागि लगभग खेल जीवनको अन्त्यमा सफलता आयो । म राष्ट्रिय टिमको समूहमा रहन चाहन्छु । म विश्व च्याम्पियन भएर अझै केही खेलहरू खेल्न चाहन्छु ।’
उनले आफूले चाहेका सबै कुरा पूरा भएको पनि बताएका छन् ।
मैले चाहेको सबै कुरा पूरा भएको छ । म योभन्दा बढी भगवानसँग माग्न सक्दिनँ,’ उनले भने ।
मेसी यो युगको सर्वकालीन खेलाडी मानिन्छन् । गएराति सम्पन्न खेलमा मेसीले आफ्नो टिमलाई जित दिलाउँदै ३६ वर्ष लामो उपाधिको खडेरी अन्त्य गरिदिएका थिए । अर्जेन्टिनाले बाजी मार्दा उपाधि रक्षाको होडमा रहेको फ्रान्स भने स्तब्ध बन्यो ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया