प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण पुस ७ मा
काठमाडाैं । संघीय संसद सचिवालयले प्रतिनिधि सभाका सदस्यहरुलाई पुस ७ गते शपथ ग्रहणका लागि निम्तो दिएको छ ।
संघीय संसद सचिवालयले पहिलो बैठकमा भाग लिन आउनु अघि नै सांसदहरुलाई शपथ ग्रहणका लागि भन्दै एक सुचना प्रकाशन गरी निम्तो दिएको हो ।
प्रतिनिधि सभा बैठक कक्ष, अन्तराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा हुने शपथ ग्रहण कार्यक्रममा निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र एवं हालसालै खिचिएको पासपोर्ट साइजको दुईप्रति फोटो लिएर आउन भनिएको छ ।
शपथ ग्रहण समारोह भन्दा दुई घण्टा अगावै राष्ट्रिय पोशाक अथवा आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थित हुन सचिवालयले अनुरोध गरेको छ ।
शपथ ग्रहण कार्यक्रम दिउँसो १ बजेका लागि निर्धारण गरिएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया