‘म्यान अफ दि इलेक्सन’ को उपाधी ओलीलाई

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वाधिक लोकप्रिय मत पाएर ‘म्यान आफ दि इलेक्सन’ को उपाधी प्राप्त गरेका छन् ।
आज एमालेले एक विशेष कार्यक्रमको आयोजना गर्दै ओलीलाई यो उपाधीद्वारा सम्मान गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले धाँधली, षड्यन्त्र र बुथ क्याप्चरका बीचमा पनि सबै परिस्थितीलाई पराजित गर्दै नेकपा एमाले देशको सर्वाधिक लोकप्रिय पार्टीमा उदाएको बताए । आगामी दिनमा यो भन्दा महान् सफलताको तयारीमा आजैदेखि जुट्ने उनको प्रतिबद्धता छ ।
गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा झापा ५ बाट उनले ५२ हजार ३१९ मत ल्याउँदै विजय हासिल गरेका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत ल्याएका थिए ।
ताजा अपडेट
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
-
कुमारी बैंकले सुरु गर्यो फोनेपे क्रेडिट कार्ड सेवा
प्रतिक्रिया