भलिबल खेल्न नेपाली टोली बंगलादेश प्रस्थान
काठमाडौं । बंगलादेशमा आयोजना हुने २३ वर्ष मुनीको काभा यू-२३ अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा भाग लिन नेपाली टोली आज बंगलादेशको राजधानी ढाका प्रस्थान गरेको छ ।
ढाकामा यही पुस ७ देखि ११ सम्म आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउनका लागि १९ सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको हो । प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, कीर्गिस्तान र श्रीलंका गरी चार राष्ट्रले भाग लिनेछन् ।
प्रतियोगितामा चार टोलीले मात्र भाग लिने भएकाले सबै टोली सेमिफाइनलमा पुगिसकेका छन् । सहभागी टोलीले राउन्ड रोबिन लिगका आधारमा खेल्नेछन् ।
प्रतियोगिताको उद्घाटन खेलमा पुस ७ मा हुनेछ । जसमा नेपाल र आयोजक बङगलादेश प्रतिष्पर्धा गर्नेछन् । नेपालले दोस्रो खेल पुस ८ मा श्रीलंकाविरुद्ध खेल्नेछ भने लिग चरणको अन्तिम खेल पुस ९ गते कीर्गिस्तानसँग हुनेछ । प्रतियोगिताको फाइनल खेल पुस ११ मा हुनेछ ।
प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली टोलीलाई यसअघि नै नेपाल भलिबल सङ्घले सफलताको शुभकामना दिर्दै विदाइ गरेको थियो । नेपाली टोलीमा रवि केसी, सन्तोष खत्री, धिरोजकुमार बस्नेत, अर्जुन नेपाली, रुपबाहदुर गुराउ, विष्णु बस्नेत, सन्तोष महता, सफल विक, मनिष मानन्धर, हेमन्त मल्ल, देवप्रकाश जोशी, सम्राट भण्डारी, गौरव पाण्डे र भिमराज गुरुङ रहेका छन् ।
टोलीको मुख्य प्रशिक्षकमा जगदिशप्रसाद भट्ट र सहायक प्रशिक्षक भरत यादव छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया